२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एमाले अध्यक्ष ओलीलाई पितृशोक: पिता मोहनप्रसाद ओलीकोको ९७ वर्षको उमेरमा निधन

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार केही समयदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओलीको उपचारकै क्रममा निधन भएको हो ।

स्वर्गीय ओलीको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित निवासमा लैजाने तयारी गरिएको परिवारले जनाएको छ । आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट