२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एमाले अध्यक्ष ओलीद्वारा पिताप्रति श्रद्धाञ्जली अर्पण, अस्पतालमा नेताकार्यकर्ता र शुभेच्छुकको भीड

शुक्रवार , फाल्गुण २९, २०८२

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्न भक्तपुरको नेपाल–कोरिया मैत्री अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ । ९७ वर्षको उमेरमा आज बिहान निधन भएका ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमै राखिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले अस्पताल पुगेर आफ्ना पिताको पार्थिव शरीरमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । बुवालाई अन्तिम बिदाइ दिन अस्पताल पुग्दा अध्यक्ष ओली भावुक देखिएका थिए । अस्पताल परिसरमा एमालेका शीर्ष नेता, कार्यकर्ता र आफन्तहरूको उपस्थिति रहेको छ ।

केही समयदेखि स्वास्थ्यमा समस्या देखिएका मोहनप्रसाद ओली भक्तपुरको गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अचानक स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई नेपाल–कोरिया मैत्री अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा झापास्थित उनको घरमा आगजनी भएको थियो । उक्त दुखद घटनापछि उनी झापा नगई गठ्ठाघरमै बस्दै आएका थिए ।

स्वर्गीय ओलीको पार्थिव शरीरलाई अस्पतालबाट केही बेरमा भक्तपुरको गुण्डुस्थित निवास लगिने र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट