२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री ओलीका पुजनीय पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताए ।

उनले स्वर्गीय मोहनप्रसादको आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। सभापति थापाले यस कठिन क्षणमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट