२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौंमा बृहत पाशुपत पदयात्रा हुने

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । पशुपतिनाथको प्रचार–प्रसार गरी आध्यात्मिक पर्यटनको विस्तार गर्ने उदेश्यले काठमाडौंमा बृहत पाशुपत पदयात्रा हुने भएको छ ।

तनहुँको देवघाटमा रहेको महेश–संन्यास–आश्रमले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र १५ गतेदेखि ४० दिने राष्ट्र व्यापी बृहत पाशुपत परिक्रमा (६३ सिद्धस्थल पैदलयात्रा) आयोजना गरेको जनाएको हो ।

आगामी चैत १५ गते पशुपति शंकराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट पदयात्राको शुभारम्भ हुने महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरीले जानकारी दिए ।

दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर लगाएतका क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदलयात्रा गरिने बताइएको छ ।

बृहत पाशुपत पदयात्रामा नेपाल, भारत र बर्माका साधुसन्त, धर्माचार्य तथा श्रद्धालुहरुको उपस्थीति रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट