२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

आज २०८२ साल चैत १ गते आइतबार, आजको राशिफल कस्तो छ ?

आइतवार , चैत्र १, २०८२

काठमाडौं । आज २०८२ साल चैत १ गते आइतबार चैत कृष्ण पक्षको एकादशी तिथि । तदनुसार सन् २०२६ मार्च १५ तारिख । आज मीन संक्रान्ति, पापमोचनी एकादशी व्रत, विश्व उपभोक्ता अधिकार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको बोलीमा सरस्वतीको बास हुनेछ। परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ।

कर्कट : सञ्चित धन खर्च हुनेछ। जसले तपाईंको मन उदास हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट शिक्षामा फाइदा हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ

सिंह : आफ्नै बोलीका कारण पश्चाताप हुनसक्छ। पुरानो कुराको सम्झनाले तनाव बढ्नेछ। व्यापारमा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

तुला : तपाईंले गरेको श्रमको फाइदा अरुले लिने जोखिम छ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नाफा हुने दिन छ। अग्रजसँगको अन्तरक्रियाले मन हलुका हुनेछ।

वृश्चिक : आज पूराना मित्रसँगको भेटले मनमा खुसी मिल्नेछ। नयाँ योजना बन्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग हुनेछ। ठुलालाई सम्मान गर्दा फाइदा हुनेछ।

धनु : धनलक्ष्मी योग परेको छ। व्यापारमा नाफा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने समय छ। परिवारको साथ र सहयोग हुनेछ। मन शान्त बन्नेछ ।

मकर : आज बोलीको प्रभाव बढ्नेछ। आम्दानी हुनेछ। कतै घुमफिरको योजना तय हुनसक्छ। पारिवारिक मेलमिलाप हुनेछ। मिहिनेतको फल मिल्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ ।

कुम्भ : एकल निर्णय घातक हुनेछ। सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीको सहयोग लिएर लगानी गरेमा फाइदा हुनेछ। मानसिक चिन्ता बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : मनमा चिन्ता बढ्नेछ। व्यापारमा संयुक्त लगानी गरेमा फाइदा हुनेछ। रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्ने छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट