गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको ईभी माइक्रो बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्किंदै गरेको माइक्रो बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घटनास्थलमै ७ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार मृतकहरू सबै भारतीय नागरिक रहेका छन् । चालक र सहचालक बाहेक सबै भारतीय नागरिक मनकामना मन्दिर दर्शनका लागि आएका थिए ।
दुर्घटनापछि प्रहरी र स्थानीयको समन्वयमा उद्धार कार्य गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस