२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा राष्ट्रिय सुरक्षा तालिम सुरु

आइतवार , चैत्र १, २०८२

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा तालिम सुरु भएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारगृह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी रहेको तालिमको उद्घाटन गरे ।

त्यसअवसरमा रक्षा सचिव केदारनाथ शर्माले यही चैत १८ गतेसम्म जारी रहने तालिमको औचित्यबारे प्रकाश पारेका थिए ।

विसं २०७२ मा सुरु भएको तालिममा हालसम्म २५२ जना सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट