२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्रधानमन्त्रीलाई सागर ढकालको आग्रहः नियुक्तिसम्बन्धी निर्णय पुनर्विचार गरी उदारता देखाउनुहोस्

सोमवार , चैत्र २, २०८२

रूपन्देही । गुल्मी–१ बाट प्रतिनिधि सभामा निर्वाचित सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीले हालै गरेका नियुक्तिसम्बन्धी निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकका केही निर्णयका कारण यसअघिका सकारात्मक कामहरू ओझेलमा पर्ने अवस्था आएको भन्दै उनले ती निर्णय सच्याएर उदारता देखाउन प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।

सरकारले प्रधानमन्त्रीका स्वकीय सचिवलाई प्रकृति संरक्षण कोष मा नियुक्त गर्ने तथा गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । अर्याल पनि गुल्मी जिल्लाकै हुन् ।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढकालले प्रधानमन्त्रीप्रति सम्मान व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

ढकालले लेखेका छन्, ‘आमा, जतिसुकै ठूलो महामानव भए पनि गल्ती हुन्छन् । हजुरले देशलाई ठूलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ । जाँदाजाँदै हिजो गरेका निर्णय सच्याएर उदारता देखाउनुहुनेछ भन्ने कामना गरेका छौँ ।’

उनले कुनै विज्ञता वा अनुभवबिनै प्रधानमन्त्रीको स्वकीय सचिव भएकै आधारमा प्रकृति संरक्षण कोषजस्तो महत्वपूर्ण संस्थाको नेतृत्व दिनु उचित नहुने टिप्पणी गरेका छन्।

‘न कुनै विज्ञता, न अनुभव—मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव। यत्तिको आधारमा प्रकृति संरक्षण कोषजस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ? हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ,’ ढकालले लेखेका छन्।

उनले अन्त्यमा प्रधानमन्त्रीले निर्णय सच्याएर उदारता देखाउने अपेक्षा व्यक्त गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट