२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा मनाइँदैछ । पर्वको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

नेपाल सेनाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका प्रदर्शन हुने छन्। विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने कार्यक्रम छ।

जनश्रुतिअनुसार, टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा बास गर्ने गुरुमापा नामक राक्षसले अतीतमा शहरका बालबालिकालाई खाने गरेको मानिन्छ। स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि त्यसको प्रेतात्मा फेरि जाग्ने भय रहँदै आएको जनविश्वास छ। यही कारणले गर्दा प्रत्येक वर्ष घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चेर दबाउने परम्परा रहँदै आएको छ।

साथै आज राति त्यो रूखको फेदमा गुरुमापालाई खानेकुरा दिने परम्परा पनि छ। यसरी गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास स्थानीयवासीमा रहन्छ।

ललितपुरमा पनि आज घोडेजात्रा मनाउने परम्परा छ, जहाँ आँखा नदेख्ने घोडा दौडाएर पर्वलाई विशेष ढंगले मनाइन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट