२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार, उनले निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा आराध्यदेव पशुपतिनाथप्रति धन्यवादस्वरूप पूजा गरेकी हुन् ।

सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अगाडि बढाउन सबैबाट साथ र सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गरेकी छन् । उनले मुलुकभर नेपालीबीच एकता, सद्भाव र आत्मीयता बलियो बनोस् भन्ने पनि पुकारेकी थिइन् ।

पूजा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशी लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट