२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पश्चिमी वायुको प्रभावः पहाडी भेगमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट