काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्य आजदेखि लागू हुनेछ।
निगमका अनुसार विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएको छ । १६ देखि ३१ मार्चसम्मको मूल्य वृद्धिले निगमलाई ५ अर्ब घाटा हुने देखिएको छ भने आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने अनुमान गरिएको छ ।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा तत्काल मूल्य घटाइने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस