२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

भोजपुरीमा शपथ लिँदै टेकबहादुर शाक्य, संसद्मा भाषिक विविधताको झल्को

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद टेकबहादुर शाक्यले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आफ्नो मातृभाषा भोजपुरीमा लिने भएका छन् ।

संघीय संसद्मा बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै उनले भोजपुरी भाषामा शपथ लिने निर्णय गरेका हुन् । यसका लागि उनले संसद् सचिवालयमा यसअघि नै निवेदन दिएका थिए । नेपालको संविधानले संघीय संसद्का सदस्यहरूलाई आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरेको छ ।

रास्वपाले आफ्ना सांसदहरूलाई इच्छाअनुसार मातृभाषामा शपथ लिन सक्ने व्यवस्था गरिसकेको छ । सोहीअनुसार शाक्यको निर्णयलाई पार्टीको समावेशी नीति र भाषिक विविधताप्रतिको प्रतिबद्धताको रूपमा हेरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार शाक्यले भोजपुरी भाषामा शपथ लिने निर्णयले मधेशको पहिचानलाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ । यसले संसद्मा भाषिक विविधताको सम्मान मात्र नभई भोजपुरी भाषी समुदायमा सकारात्मक सन्देश जाने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट