२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रामनवमी अनैतिकता विरुद्धको शङ्खनाद बनोस्ः उपराष्ट्रपति यादव

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२ का पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक सन्देश जारी गर्दै रामनवमी पर्व धार्मिक उत्सवमात्र होइन, सत्य, धर्म र मर्यादाका प्रतीक भगवान् श्रीरामको जीवन आदर्शलाई आत्मसात् गर्ने अवसर भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “श्रीरामले समाजमा न्याय, सद्भाव र शान्ति स्थापना गर्दै कर्तव्यपालनको सर्वोच्च उदाहरण प्रस्तुत गर्नुभएको थियो । उहाँको जीवनले हामीलाई सत्य, निष्ठा, धर्मपालन, अनुशासन र नैतिक आचरणलाई जीवनको आधार बनाउन सदैव प्रेरित गर्दछ ।”

उपराष्ट्रपति यादवले रामनवमीका अवसरमा गरिने भजनकीर्तन, पूजापाठ र उपासनाले नागरिकलाई भक्ति, अध्यात्म र परोपकारतर्फ उन्मुख गराउने उल्लेख गर्दै यस पर्वले समाजमा सद्भाव, सहयोग, भाइचारा र जनकल्याणको भावनालाई जागृत गर्ने विश्वास व्यक्त गरेका छन्।

हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति, धर्म र आस्थाले वैरभाव र क्लेशबाट अलग राखी शान्ति, परोपकार र सदाचारको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै उनले रामनवमी पर्व नेपाली समाजलाई नैराश्य र अनैतिकताबाट उन्मुक्ति दिलाउने शङ्खनादको माध्यम पनि बनोस् भनि कामना गरेका छन् ।

उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन्, “यस अवसरमा सबै नेपालीले श्रीरामझैँ सत्य, धर्म र मर्यादित सङ्कल्पका साथ जीवनयात्रा अघि बढाउन प्रेरणा प्राप्त गरून् । रामनवमी पर्वले हाम्रो समाजलाई नैतिकता, सद्भाव र एकताको मियो बनेर राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धुत्वलाई अझ सुदृढ बनाओस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट