२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ बन्दै

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट भारी मतान्तरले निर्वाचित सांसद विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्रिपरिषद्मा सहभागी हुने श्रेष्ठको नाम बिहीबार साँझ टुङ्गो लागेको हो ।

हालै सम्पन्न २१ फागुनको निर्वाचनमा २४ हजार ५९२ मत प्राप्त गरी श्रेष्ठ दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनले आफ्नो कार्यसम्पादन र ब्रान्डिङका आधारमा पुनः जनअनुमोदन प्राप्त गरेका हुन् ।

बिजनेस एड्मिनिस्ट्रेसनुमा स्नातक गरेका श्रेष्ठसँग निजी क्षेत्रको व्यवस्थापनदेखि भुइँतहको समाजसेवासम्मको लामो अनुभव छ । २०७२ को महाभूकम्पपछि राहत र उद्धारमा सक्रिय भएका उनले फोर्स नेपाल मार्फत वातावरण संरक्षणका क्षेत्रमा समेत महत्वपूर्ण काम गरेका छन् ।

जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि र सिँचाइ आयोजनाहरूको सुदृढीकरण गर्ने बालेन सरकारको मुख्य लक्ष्य प्राप्त गर्न श्रेष्ठलाई यो जिम्मेवारी दिइएको रास्वपा स्रोतले जनाएको छ। उनले आजै शीतल निवासमा आयोजना हुने विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट