२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

अमरेश कुमार सिंह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मन्त्रिमण्डलमा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह समेटिने भएका छन् । उनलाई महत्वपूर्ण मानिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

सिंहले हालै सम्पन्न २१ फागुनको निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही–४ मा पराजित गर्दै सनसनीपूर्ण जित हासिल गरेका थिए ।

२०७० र २०७४ मा नेपाली कांग्रेसबाट निर्वाचित सिंह २०७९ को निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर संसद छिरेका थिए । यसपटक रास्वपा र स्वतन्त्रहरूको लहरबीच उनले आफ्नो पकड कायम राख्दै हेभीवेट प्रतिद्वन्द्वीलाई पन्छाउन सफल भए ।

प्रधानमन्त्री बालेन शाहले मुलुकको व्यापार घाटा न्यूनिकरण र स्वदेशी उत्पादन प्रवद्र्धनका लागि सिंहलाई उद्योग मन्त्रालय रोजेका हुन् । लामो समयदेखि सदनमा भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै आएका सिंहले अब सरकारी नीति निर्माणमै हस्तक्षेपकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उनले पनि आजै शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट