२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् ।

महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् ।

भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् ।

सामान्यतयाः प्रधानमन्त्रीले नियुक्त गरेको महान्यायाधिवक्ताले प्रधानमन्त्री पदमुक्त भएसँगै राजीनामा दिने अभ्यास रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट