२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पूर्व प्रधानमन्त्री केपी ओली भक्तपुरस्थित निवास पक्राउ

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो। पक्राउका क्रममा उनलाई जरुरी पक्राउ पुर्जीसमेत थमाइएको प्रहरीले जनाएको छ।

शुक्रबार नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उक्त आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। चैत २४ मा बुझाइएको प्रतिवेदनको आधारमा मन्त्रिपरिषद्ले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौंको बानेश्वर क्षेत्रमा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट