२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेस्थित निवासबाटै पक्राउ

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । भदौ २३ को बानेश्वर घटनालाई लिएर सरकारले कडा कदम चालेको छ। सो समयमा गृहमन्त्री रहेका रमेश लेखकलाई शनिबार बिहान ५ः४० बजे भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले लेखकलाई जरुरी पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको हो । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएपछि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले लेखकसहित उच्च अधिकारीहरूमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार मात्रै कार्यभार सम्हालेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा गृहमन्त्री सुधन गुरुङ र सुरक्षा निकायका प्रमुखहरूबीच भएको छलफलपछि शनिबार बिहानै यो कारबाही अघि बढाइएको हो ।

प्रहरी स्रोतका अनुसार लेखकलाई हाल काठमाडौँ ल्याइँदैछ र उनीमाथि बानेश्वर घटनामा जिम्मेवार रहेको भन्दै थप कानुनी प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट