काठमाडौँ । भदौ २३ को जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको अनुसन्धानका लागि प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको छ।
भक्तपुरस्थित निजी निवासबाटै नियन्त्रणमा लिइएका दुवै नेतालाई ुजरुरी पक्राउ पुर्जी थमाएर काठमाडौँ जिल्ला प्रहरी परिसर पुर्याइएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै यो कदम चालिएको हो।
आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनामा हेलचक्र्याईं गरी ज्यान मारेकोु ९मुलुकी अपराध संहिताको दफा १८२० कसुरमा उनीहरूमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नुअघि एमाले अध्यक्ष ओलीले यसलाई प्रतिशोधपूर्ण कदम भन्दै कानुनी लडाइँ लड्ने बताउनुभएको छ।
नेपालको इतिहासमा फौजदारी अभियोगमा पूर्व कार्यकारी प्रमुख पक्राउ परेको यो पहिलो घटना हो। उनीहरूलाई २४ घण्टाभित्र अदालत उपस्थित गराइनेछ।
प्रतिक्रिया दिनुहोस