काठमाडौँ । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । भक्तपुरको कटुञ्जेस्थित निवासबाट नियन्त्रणमा लिइएका लेखकलाई सिधै भद्रकालीस्थित काठमाडौँ जिल्ला प्रहरी परिसर पुर्याइएको हो ।
गत भदौ २३ र २४ गते भएको ुजेनजीु आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो । सो समयमा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले आज बिहानैदेखि ुहाइप्रोफाइलु पक्राउ सुरु गरेको हो ।
यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकै निवास गुण्डुबाट पक्राउ गरी प्रहरी परिसर लगिसकिएको छ । प्रहरीले उनीहरूमाथि ुहेलचक्र्याईं गरी ज्यान मारेकोु अभियोगमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस