२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ओली पक्राउ परेपछि एमाले आक्रामकः बिना आधार पक्राउ गरियो, चुप लागेर बस्दैनौँ- सचिव बस्नेत

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएको छ। शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओली पक्राउ परेलगत्तै एमाले सचिव महेश बस्नेतले कुनै ठोस कानुनी आधार बिना सरकारले प्रतिशोध साँध्न खोजेको बताएका छन् ।

पक्राउ पुर्जी लिएर प्रहरी पुगेपछि अध्यक्ष ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग झण्डै एक घण्टा परामर्श गरेका थिए। परामर्शका क्रममा ओलीले भने, “यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ म लड्छु, तपाईंहरू तयारी थाल्नुहोस् ।” एमालेका कानुनी सल्लाहकारहरूले आइतबारै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको दोष ओलीमाथि थोपर्न खोजिएको भन्दै एमालेले यसविरुद्ध राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने चेतावनी दिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट