२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ओलीको स्वास्थ्य परीक्षणका लागि महाराजगञ्ज अस्पताल पुर्‍याइए

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा केही समय राखेपछि उनलाई प्रहरीको कडा सुरक्षा घेराभित्र अस्पताल पुर्‍याइएको हो । हिरासतमा राख्नुअघि अभियुक्तको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने कानुनी प्रावधान अनुसार उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । ओली लामो समयदेखि मिर्गौला प्रत्यारोपणपछिको फलोअप र अन्य स्वास्थ्य समस्याका कारण नियमित औषधि सेवनमा छन् ।

शुक्रबार मात्रै पदभार ग्रहण गरेको बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले भदौ २३ को जेनजी आन्दोलन दमन सम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा नवनियुक्त गृहमन्त्री सुदन गुरुङले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएका हुन्।

ओलीमाथि आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरी भएको दमनमा फौजदारी हेलचक्र्याईं गरेको आरोप छ। अस्पतालमा स्वास्थ्य परीक्षण सकिएपछि उनलाई पुनः प्रहरी परिसरमै लगिने वा अदालतमा उपस्थित गराइने भन्नेबारे प्रहरीले आधिकारिक जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट