२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ओली पक्राउको विरोधमा चावहिलमा एमाले कार्यकर्ता सडकमा उत्रिए

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरू आन्दोलित भएका छन् । शनिबार बिहान ओलीलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिए लगत्तै एमालेले संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन सुरु गरेको हो ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक बसिरहेकै बेला काठमाडौंको चावहिल लगायतका क्षेत्रमा एमाले कार्यकर्ताहरूले सडक अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । उनीहरूले टायर बालेर र सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै प्रदर्शनलाई तीव्र पारेका हुन् ।

अध्यक्ष ओली पक्राउ परेपछि विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीति तय गर्न एमालेको सचिवालय बैठक जारी छ । बैठकले देशभर जनप्रदर्शन र आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रदर्शनकारीहरूले सडकमा उत्रिएर नाराबाजी गरेपछि चावहिल, गौशाला र महाराजगञ्ज क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमालेका नेताहरूले यो पक्राउलाई सरकारको कायरतापूर्ण कदम भन्दै अबको आन्दोलन सडकबाटै वारपार हुने चेतावनी दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट