२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

भारत सरकारद्वारा नेपाल सरकारलाई थप १९ थान वान टन सवारी हस्तान्तरण

शनिवार , चैत्र १४, २०८२

वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसीपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारी साधन हस्तान्तरण गरेका हुन् ।

सरकारको आग्रहअनुसार सो सवारी साधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

पर्साका सहायक प्रजिअ कार्कीले सवारी साधन उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारी साधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट