२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत पेश गरिँदै

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनमा व्यापक दमन र मानवीय क्षतिका मुख्य जिम्मेवार रहेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदै छ ।

शनिबार सार्वजनिक बिदा परेका कारण अदालत बन्द रहेकाले उनीहरूलाई आज म्याद थप र कानुनी प्रक्रियाका लागि पेश गर्न लागिएको प्रहरीले जनाएको छ ।

चैत १३ गते नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा शनिबार बिहानै प्रहरीले एमाले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डु र कांग्रेस नेता लेखकलाई कटुन्जेस्थित उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको हो ।

केपी शर्मा ओली पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएका कारण ओलीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) को बेड नं ५०१ मा भर्ना गरिएको छ । उनलाई प्रहरीको कडा निगरानीमा राखिएको छ । रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।

उनीहरूमाथि मुख्य गरी मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अनुसार आपराधिक लापरवाही र असावधानीका कारण मृत्यु गराएको अभियोगमा अनुसन्धान अघि बढाइएको छ । भदौ २३ र २४ गते भएको उक्त प्रदर्शनमा ७६ जनाको ज्यान गएको थियो भने २४ सयभन्दा बढी घाइते भएका थिए ।

नवनियुक्त गृहमन्त्री सुदन गुरुङले यो कारबाही कुनै राजनीतिक प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका छन् । उता, एमाले र कांग्रेसका कार्यकर्ताहरूले भने आफ्ना शीर्ष नेताहरूको पक्राउलाई राजनीतिक पूर्वाग्रह भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्।

आज अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति दिन्छ वा स्वास्थ्य र अन्य कारणले विशेष आदेश जारी गर्छ भन्ने कुरामा सबैको चासो केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट