२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारी अनुसार, खड्कालाई आज अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले पक्राउको विस्तृत कारण सार्वजनिक नगरे पनि खड्का अनुसन्धानको घेरामा थिए । गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनको निवासमा आगजनी हुँदा ठूलो मात्रामा अकुत नगद जलेको भिडियो सार्वजनिक भएको थियो। सम्पत्ति शुद्धीकरण विभाग र सिआईबीले उक्त रकमको स्रोतबारे अनुसन्धान गरिरहेका थिए ।

तत्कालीन सरकारमा मन्त्री रहेका खड्कालाई जेनजी आन्दोलनमा भएको दमन र मानवीय क्षतिका लागि जिम्मेवार मानिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा समेत मुछिएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट