काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकाललाई सफल बनाउन विश्वासपात्र र पुराना सहयोगीहरूलाई सल्लाहकार टिममा नियुक्त गरेका छन् । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका हुन् ।
कुमार बेल र अशिम शाह बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदादेखि नै पर्दा पछाडि बसेर रणनीतिक सहयोग गर्दै आएका व्यक्ति हुन् । स्रोतका अनुसार, बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीचको ऐतिहासिक सहकार्य र सत्ता समीकरणको जग कुमार बेनको ललितपुरस्थित निवास र असीम शाहको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलहरूबाटै तयार भएको थियो ।
कुमार बेन बालेनका सबैभन्दा निकट मानिन्छन् । उनले प्रधानमन्त्रीको सचिवालय र प्रशासनिक समन्वयको कमाण्ड सम्हाल्नेछन् ।
यस्तै राजनीतिक रणनीतिकार असिम शाहले विभिन्न दलहरूसँगको संवाद र राजनीतिक सन्तुलन मिलाउने जिम्मेवारी पाएका छन्।
प्रतिक्रिया दिनुहोस