२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पूर्व गृहमन्त्री रमेश लेखकलाई अदालत उपस्थित गराइयो, ओलीलाई पनि उपस्थित गराइँदै

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। शनिबार सार्वजनिक बिदा परेका कारण उनलाई आज म्याद थप र कानुनी प्रक्रियाका लागि पेश गरिएको हो ।

यसैगरी, सोही प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालत उपस्थित गराउने तयारी भइरहेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा तत्कालीन सरकारले चलाएको गोलीबाट ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त हिंसात्मक झडपमा २,४०० भन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए भने सिंहदरबार र संसद् भवन जस्ता संवेदनशील क्षेत्रमा आगजनी र तोडफोड भएको थियो ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । फागुन २१ को निर्वाचनपछि गठित प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै चैत १४ गते दुवै नेतालाई भक्तपुरस्थित उनीहरूकै निवासबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट