२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

२४ घण्टाभित्र सबै सट्टेबाजी एप र वेबसाइट बन्द गर्न सरकारको निर्देशन

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । सरकारले नेपालमा अवैध रूपमा सञ्चालन भइरहेका सबै प्रकारका सट्टेबाजी एप तथा सम्बन्धित वेबसाइटहरूलाई पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यक्रम’ अन्तर्गत यो कडा कदम चालिएको हो ।

प्रधानमन्त्री कार्यालयले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेख्दै २४ घण्टाभित्र त्यस्ता सबै प्लेटफर्महरू ब्लक गर्न निर्देशन दिएको छ । नेपालमा विदेशी सट्टेबाजी एपहरू र ती सँग सम्बन्धित प्रवर्द्धनात्मक पेजहरूले सामाजिक सञ्जालमा ठूलो प्रभाव पारिरहेको अवस्थामा सरकारले यो निर्णय लिएको हो ।

नेपालमा सट्टेबाजी गैरकानुनी भए पनि स्पष्ट कानुनको अभावमा यस्ता गतिविधि नियन्त्रण गर्न चुनौती बनिरहेको थियो । तर, अब शासकीय सुधारको कार्यसूचीमार्फत सरकारले यसलाई साइबर अपराध र अवैध धन परिचालनको श्रेणीमा राखेर कडा कारबाही गर्ने संकेत गरेको छ।

यसअघि खेलकुद इभेन्टहरूमा प्रत्यक्ष संलग्न सट्टेबाजहरू मात्र पक्राउ पर्ने गरेकोमा अब डिजिटल माध्यमबाट प्रचार गर्ने र लगानी गर्नेहरू समेत प्रहरीको निशानामा पर्ने भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट