२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वीपी राजमार्ग अवरुद्ध: डाइभर्सन बग्दा यातायात ठप्प, यात्रु बिचबाटोमै अलपत्र

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण वीपी राजमार्ग दुई स्थानमा अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्गको चारसय बेसी र कटुन्जे क्षेत्रमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।

सडक अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारी साधन र यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । हाल सडक विभागले मेसिन र जनशक्ति परिचालन गरी अवरोध हटाउने कार्य गरिरहेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार अबको एकदेखि डेढ घण्टाभित्रमा यातायात पुनः सुचारु हुने जानकारी दिएका छन् । उनले भने, “हामी युद्धस्तरमा काम गरिरहेका छौँ, ढिलोमा बिहान १० बजेसम्म सडक खुल्नेछ।”

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सडक पूर्ण रूपमा नखुलेसम्म धैर्य गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट