रोल्पा । रोल्पामा जिप दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट ८ सय मिटर तल खसेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार १७ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । प्रहरीको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ ।
प्रतिक्रिया दिनुहोस