२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

काठमाडौँ उपत्यकाका अतिक्रमित बस्ती हटाउने कार्य तीव्र

शनिवार , बैशाख १९, २०८३

काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ ।

शनिबार बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ । यसअघि शुक्रबार बल्खु लगाएतका क्षेत्रमा रहेका अतिक्रमित बस्ती हटाइएको थियो भने स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको काठमाडौं प्रशासनले जनाएको छ । हालसम्म काठमाडाँै उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको छ ।

बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ भने वास्तविक भूमिहिन र सुकुम्वासीको पहिचानका लागि रेकर्ड राख्ने काम समेत भइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट