२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

छाँयादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको छाँयादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर छाँयादेवी कम्प्लेक्स बनाइएकाले अबिलम्व भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाज र आदिवासी नेवाः राजनीतिक अभियानले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ऐतिहासिक सम्पदा कमलपोखरी पुनः सर्वजनिक कायम गरौं, सम्पदा संरक्षण अभियानमा सारा नेपालीहरु एक होऔ, सम्पदा मास्न पाइदैन लगाएत लेखिएका प्लकार्ड प्रदर्शन गरेका थिए । ऐतिहासिक महत्व बोकेको सम्पदालाई मासेर व्यापारिक कम्प्लेक्स बनाइएकाले भत्काउन अदालतले आदेश दिनुपर्ने भन्दै प्रदर्शन गरिएको सम्पदा संरक्षण समाजका सदस्य नारायण महर्जनले बताए ।

उनीहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी पुरानै अवस्थामा ल्याउन निरन्तर दवाव दिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट