काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदनकुमार भण्डारी र जीवराज आश्रित प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा उनीहरूको योगदानको स्मरण गरेकी छन् ।
मदन–आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा आइतबार जारी सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनस्तरसम्म स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेकी हुन् ।
उनले दिवङ्गत नेताद्वयले एमालेको संगठन विस्तार तथा कम्युनिष्ट आन्दोलनलाई वैचारिक र राजनीतिक रूपमा बलियो बनाउन खेलेको भूमिकाको स्मरण गरिन् ।
सन्देशमा मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद’ले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्ग प्रशस्त गरेको उल्लेख गरिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादकै वैचारिक मार्गदर्शनले एमालेलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस