२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चर्चित टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा

बिहिवार , जेठ २१, २०८३

ललितपुर / हनिट्रयापमार्फत एक व्यवसायीबाट करोडौं रुपैयाँ असुलेको आरोप लागेकी  चर्चित  टिकटकर तुलसा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो ।

अधिकारीविरुद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। अभियोजन पक्षका अनुसार उनले एक व्यवसायीलाई हनिट्रयापमा पारेर ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ असुलेकी थिइन् ।

अनुसन्धानका क्रममा उनको आर्थिक कारोबार अस्वाभाविक देखिएको भन्दै सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

प्रहरीले अधिकारीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो। उनीविरुद्ध गत चैतमा नै मुद्दा दर्ता भएको थियो भने इन्टरपोलमार्फत चैत ३ गते रेड नोटिस जारी गरिएको थियो।

यस प्रकरणमा अधिकारीसहित नौ जना व्यक्ति र ‘तुलसा कलेक्सन’ नामक व्यवसायलाई पनि प्रतिवादी बनाइएको छ । अन्य प्रतिवादीहरूले अधिकारीको निर्देशनमा व्यवसायीबाट रकम संकलन गरेको आरोप अभियोजन पक्षको छ ।

प्रहरी वृत्त सातदोबाटोमा परेको जाहेरीका आधारमा सुरु भएको अनुसन्धानपछि मुद्दा अदालत पुगेको हो । अब मुद्दाको अन्तिम फैसला नआउञ्जेल अधिकारी थुनामै रहनेछिन् । टिकटकर अधिकारीलाई नख्खु जेलमा पठाउने जिल्ला प्रहरी कार्यालय ललितपुरका एक प्रहरी अधिकृतले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट