२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेशनल मेडिकल कलेजले प्राप्त गर्याे आइएसओ ९००१:२०१५ प्रमाणीकरण

आइतवार , जेठ ३, २०८३

वीरगञ्ज । मधेश प्रदेशकै उत्कृष्ट मेडिकल कलेजका रूपमा रहेकाे वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेकाे छ । गुणस्तरीय चिकित्सा शिक्षासँगै स्वास्थ्य उपचारमा अग्रणी रहेकाे नेशनल मेडिकल कलेजले  आइएसओ ९००१:२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गतको प्रमाणीकरण प्राप्त गरेको हाे ।

यस उपलब्धिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको कलेजले जनाएको छ । कलेजको व्यवस्थापन प्रणाली, कार्यप्रणाली तथा सेवा प्रवाहको विस्तृत मूल्याङ्कनपछि उक्त प्रमाणीकरण प्रदान गरिएको हाे ।

आइएसओ ९००१:२०१५ प्रमाणीकरण अन्तर्गत अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक तथा अन्य सहयोगी सेवाहरू समेटिएका छन् । यसले संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पतालको भनाइ छ ।

national medical college .jpeg

अस्पताल व्यवस्थापनले उक्त प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न, कार्यप्रणाली व्यवस्थापनलाई प्रभावकारी बनाउन, प्रक्रिया–केन्द्रित तथा सेवाग्राही–केन्द्रित सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय स्तरअनुरूप सेवा प्रणाली कार्यान्वयनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको भनाइ छ ।

‘आइएसओ ९००१:२०१५ प्रमाणीकरण हाम्रो अस्पतालका लागि केवल उपलब्धि मात्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण हो,’ कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले भने । बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न कलेज निरन्तर प्रतिबद्ध रहने उनकाे भनाइ छ ।

अस्पताल नेतृत्वले आइएसओ प्रमाणीकरणलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर प्रयासरत रहने जनाएको छ । यस उपलब्धिसँगै नेशनल मेडिकल कलेज मधेश प्रदेशकै अग्रणी स्वास्थ्य तथा चिकित्सा शिक्षा संस्थाका रूपमा थप स्थापित भएको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट