logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र शहरी क्षेत्रको विकासलाई दिगो बनाउनुपर्छ: मन्त्री कार्की

    समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र शहरी क्षेत्रको विकासलाई दिगो बनाउनुपर्छ: मन्त्री कार्की

    3.4K
    Shares

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र शहरी क्षेत्रको बीचको विकासलाई दिगो बनाउनु पर्नेमा जोड दिएका छन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री कार्कीले यस्ते बताएका हुन् ।

    उनले सबै नागरिकको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जालको जडान गर्न आवश्यक रहेको पनि बताए । मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई असर गरिरहेको बताए ।

    मन्त्री कार्कीले समाज बिस्तारै अनेकौँ सपनाका कारण बस्तीहरु रित्तिँदै गएको र शहरमा बस्ने आकंक्षले शहरलाई अव्यवस्थित बनाउँदै गएको बताए । उनले शहरीकरण कारण अहिले भएको विकास पनि एकान्की हुनसक्ने अवस्था सिर्जना भएको बताए । मन्त्री कार्कीले गाउँका जनतालाई गाउँमै बसौँ÷बसौँ लाग्ने नीति तर्जुमा गर्नु अहिलेको आवश्यक्ता भएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend