logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आज पनि शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट

    आज पनि शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट

    3.5K
    Shares

    काठमाडौं । साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ ।

    मंगबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता शेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको छ । सोमबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

    नेप्सेका १३ उपसमूह मध्ये होटल तथा पर्यटन उपसमुहको सूचक बढेको छ । होटल तथा पर्यटन उपसमुहको सूचक ०.१० प्रतिशतले बढेको छ । त्यस्तै अन्य उपसमुहको सूचक सबैभन्दा बढी २.३२ प्रतिशतले घटेको छ ।

    मंगलबार नेप्से सूचक ओरालो लागे पनि नेष्डो लघुवित्त वित्तीय संस्थोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त शेयरमूल्य १० प्रतिशतल बढेको छ । तर यता इमर्जिङ्ग नेपाल ,यादी हाइड्रोपावर, घलेम्दी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर शेयर मूल्य गिरावट आएको छ ।

    कारोबार रकमका आधारमा ५ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ ।त्यस्तै दोस्रोमा नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend