logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाइडेनले भने- पुटिन तानाशाह हुन्

    बाइडेनले भने- पुटिन तानाशाह हुन्

    3.3K
    Shares

    किभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै पुटिनलाई तानाशाह भनेका छन् । राष्ट्रपति बाइडेनले पहिलो पटक पुटिनलाई तानाशाह भनेका हुन् ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन् । ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताएका थिए ।

    यसैबीच, मस्कोले आफ्नो आक्रमणको केन्द्रबिन्दु बदलेको छ । -एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend