logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • आयोगको निर्णयप्रति आरजुको आपत्ति, सच्याउन माग

    आयोगको निर्णयप्रति आरजुको आपत्ति, सच्याउन माग

    2.9K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनी यसअघि गरेको निर्णय खारेज गरेको प्रति आरजु राणा देउवाले आपत्ति जनाएकी छन् । राजनीतिक दलहरूले यस्तो व्यवस्थाको विरोध गर्दै ध्यानाकर्षण नै गराएपछि आयोगले मंगलबार सो निर्णय सच्याएको थियो ।

    तर नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री पत्नी आरजुले नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको बताएकी छन् । उनले यो निर्णय सच्याउन माग समेत गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको बारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरूलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend