काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संंघकोे कार्यकारी वोर्डको प्रथम उप–सभापतिमा निर्विरोध चयन भएका छन् । आज बसेको नेपाल व्यवस्थापन संंघको कार्यकारी वोर्डको बैठकबाट शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष गोयललाई प्रथम उप–सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
यहि चैत्र २६ गते, काठमाडौंमा सम्पन्न भएको ४१ औं बार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्पmबाट शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जनावोर्ड सदस्यमा निर्वाचित भएका थिए । वोर्ड सदस्यहरु मध्येबाट श्री उपेन्द्र पौड्याल अध्यक्षमा र डा. सुरेन्द्र कुमार गोयल प्रथम उप–सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।