logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पुँजीगत खर्च २७ प्रतिशत मात्र

    पुँजीगत खर्च २७ प्रतिशत मात्र

    3.3K
    Shares

    काठमाडौं । चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा २०–२० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो। यो खर्च गत आर्थिक वर्षको सोही अवधिमा सरकारले गरेको खर्चभन्दा न्यून हो । गत वर्षको चैत मसान्तसम्ममा सरकारले ३० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको खर्च गरेको थियो।

    चालू आवमा अर्धवार्षिक समीक्षामार्फत सरकारले पुँजीगत खर्चको लक्ष्य घटाएको छ । खर्चको गति बढ्न नसकेपछि सरकारले झण्डै १० प्रतिशतले लक्ष्य घटाएको हो । उता, गत वर्षको तुलनामा चालू खर्चमा भने व्यापक वृद्धि भएको छ। गत आर्थिक वर्षको नवौँ महिनासम्ममा ५ खर्ब २६ अर्ब अर्थात् लक्ष्यको ५५.५ प्रतिशत खर्च गरेको सरकारले यस आवको सोही अवधिमा ३ खर्ब १५ अर्ब अर्थात् लक्ष्यको ५७.८ प्रतिशत खर्च गरेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend