logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बिहानै काठमाडौंसहित उत्तर पूर्वतिर हल्का वर्षा, बायुको प्रभाव केही बेरमै बाहिरिने

    बिहानै काठमाडौंसहित उत्तर पूर्वतिर हल्का वर्षा, बायुको प्रभाव केही बेरमै बाहिरिने

    3.4K
    Shares

    काठमाडौं । आज बिहानै काठमाडौंमा बर्षा भएको छ । नयाँ बर्षको सुरुवातसँगै बर्षा पनि भएको हो । केही समय पानी परेर रहेको छ । दक्षिण पश्चिमबाट सुरू भएको स्थानीय बायुको प्रभावले काठमाडौंसहित उत्तर पूर्वतिर हल्का वर्षा भइरहेको हो । यो तीन घन्टापछि आफै हटेर जाने महाशाखाले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका केही पहाडी भूभागमा मेघ गर्जन रचट्याङ सहित आज हल्का वर्षा हुने छ ।

    देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

    ‘स्थानीय वायुको सामान्य प्रभावले दक्षिण पश्चिमबाट सुरू भएको हल्का हावाहुरी र चट्याङसहितको वर्षा केही क्षणमै हटेर जानेछ ।
    अब पूर्व उत्तर हुँदै यो मौसम प्रणाली बाहिरिने महाशाखाले जनाएको हो ।

    यसैगरी राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

    यसैबीच तराई भू–भागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेत हुने महाशाखा अनुरोध गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend