logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माईतबाट घर गएको दुई घण्टामै आयो मृत्युको खवर , सासु ससुरा र ज्वाई मिलेर छोरी मारेको माईती पक्षको आरोप

    माईतबाट घर गएको दुई घण्टामै आयो मृत्युको खवर , सासु ससुरा र ज्वाई मिलेर छोरी मारेको माईती पक्षको आरोप

    6.9K
    Shares

    बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डनको आफ्नै घरमा मृत्यु भएको हो । बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

    अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएको माइती पक्षको आरोप छ । अस्पताल पु¥याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको मृतककी आमा सावित्रा खत्रीले बताइन् ।

    ‘राति साढे ८ बजेसम्म छोरी माइतमै थिई, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो’ सावित्राले भनिन्, ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’

    छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको सावित्राले बताइन् ।
    अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।

    विष सेवन गरेको भए माइती, प्रहरी र छरछिमेकलाई जानकारी गराइन्थ्यो तर त्यसो नभई योजनावद्धरुपमा हत्या गरेर विष सेवनको बहाना बनाएर अस्पताल पु¥याइएको छिमेकी कमला पोखरेलले बताइन् ।

    घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका छन् ।

    मृतकका श्रीमान्, सासु ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend