काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूमि मापनको प्रक्रियालाई अत्याधुनिक बनाउन नसकिएको दाबी गरेका छन् । बिहीवार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले मापन गर्ने प्रक्रियामा विकाश हुँदै गएको भएपनि मापन प्रक्रिया अझै अत्याधुनिक प्रविधिबाट हुन नसकेको बताए । पूर्व प्रधानमन्त्री खनालले नयाँ भूमिसुधार गर्न जरुरी रहेको भन्दै मापन प्रक्रियालाई अत्याधुनिक बनाउन जरुरी रहेको बताए ।
पूर्व प्रधानमन्त्री खनालले देशले अत्याधुनिक प्रविधि भित्राएर नयाँ उचाईबाट मापन प्रणाली बिस्तार गर्नुपर्नेमा जोड दिए ।