logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल एसियन कपमा छनोट हुन सक्दैन: मुख्य प्रशिक्षक अलमुताइरी

    नेपाल एसियन कपमा छनोट हुन सक्दैन: मुख्य प्रशिक्षक अलमुताइरी

    3.8K
    Shares

    काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडी मध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देबेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन् । अभ्यास थालनी भए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भने जुन लक्ष्यका साथ तयारी गरिएको हो, त्यो नेपाली टोलीका लागि कठिन भएको बताएका छन् ।

    सधै जसो अभ्यास थालिनी गर्नु अघि पत्रकार सम्मेलनमा सहभागि हुने गरेका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी शुक्रबार पनि उही भेषमा उपस्थित भए । यस अघि आफ्नो सामाजिक सञ्जालबाट नेपाली फुटबलको बारेमा स्टास लेखेका अलमुताइरीले शुक्रबारको पत्रकार सम्मलेनमा पनि उस्तै अभिव्यक्ति दिए । पहिलो दिनको अभ्यास पछि पत्रकार सम्मेलनमा उत्रिएका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोली जुन लक्ष्यका साथ तयारी गरिरहेको छ, सो लक्ष्यमा पुग्न निकै कठिन हुने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुताईरीले सपना ठुलो देखेपनि वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताए । तर प्रशिक्षक अल्मुताईरीले छनोटमा राम्रो गर्ने प्रयास गर्ने बताए ।

    नेपाली फुटबल टोली आपूmले सम्हाल्दा र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउँदै मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीले दुई महिना पछि कुवेतमा हुने एएफसी एसियन कप छनोटका लागि योग्य नभएको बताएका हुन् । नेपाली टोलीसँग प्रतिस्पर्धा गर्न लागेको टोलीमा धेरै व्यवसायिक खेलाडी भएको र उनीहरु युरोपबाट खेल्ने गरेको भन्दै नेपाली टोलीमा अनुभवि र व्यवसायिक खेलाडी नभएको बताए । जुन कारण एसियन कपमा नेपाली टोली छनोट हुन नसक्ने बताएका हुन् । प्रतिष्ठित प्रतियोगिता खेल्न लागि टोलीमा धेरै सुधार देखी फुटबलको जग बलियो हुनु पर्ने औल्याउँदै मुख्य प्रशिक्षक अलमुताइरीले ग्रासरुट देखी उमेर समूहका खेल राम्रो नभएसम्म नेपाली फुटबल अगाडि बढ्न नसक्ने बताएका हुन ।

    नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो । छनोट प्रतिोगिताका लागि समूह ए मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेशिया र जोर्डन रहेका छन् । एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । जस अन्तर्गत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्नेछ । यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । त्यस अघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ । यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend