logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संखुवासभामा कांग्रेस भन्छ: अब माओवादीसँग गठबन्धन हुदैन

    संखुवासभामा कांग्रेस भन्छ: अब माओवादीसँग गठबन्धन हुदैन

    4.5K
    Shares

    संखुवासभा । स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरुबीच जिल्ला स्तरमा सहमति जुट्न सकेन । लगातार पाँच दिनसम्म खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो ।

    शुक्रबार पनि गठबन्धनको बैठक बसेको थियो । तर भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरु बिना निष्कर्ष उठेका छन् । गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले भने माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको बताए ।

    ‘माओवादीसँग अब गठबन्धन हुन्न । तर बाँकी दलहरुसँग छलफल हुन्छ’, खड्काले भने । माओवादी केन्द्रले आफ्नो मतभार भन्दा बढी भाग खोजेपछि तालमेलबारे सहमति जुट्न नसकेको उनले बताए । ‘कांग्रेसले जितेको ठाउँमा पनि दावी गर्नुभयो । त्यो भनेको गठबन्धन नगर्ने भन्ने नै भयो’, खड्का भन्छन् ।

    माओवादी केन्द्र बाहेक नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग भने जिल्ला स्तरमा छलफल हुने उनले बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend