काठमाडौं । भारतमा शनिबार विगत २४ घण्टामा ९७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४ करोड ३० लाख पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । शुक्रबारको तुलनामा शनिबार संक्रमितको संख्या बढेको हो। शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ५ लाख २१ हजार पुगेको छ । हाल भारतमा कोरोना भाइरस संक्रमणका सक्रिय व्यक्तिको संख्या ११ हजार १९१ छ ।