logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रेशम चौधरीको पार्टीले कैलालीका सवै स्थानिय तहमा उम्मेदवारी दिने

    रेशम चौधरीको पार्टीले कैलालीका सवै स्थानिय तहमा उम्मेदवारी दिने

    4K
    Shares

    कैलाली । जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिएर चुनावमा सहभागी हुने बताएको छ ।

    स्थानीय तहको चुनावका लागि पार्टीका तल्लो तहका समितिलाई वैशाख ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्देशन दिएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जिल्लाका सबै स्थानीय तहमा पार्टी समिति विस्तार भइसकेकाले ३० वैशाखमा हुने चुनावमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए ।

    ‘हामीले कैलालीका सबै स्थानीय तहमा पार्टीका स्थानीय कमिटीहरु विस्तार गरिसकेका छौँ,’ चौधरीले भने, ‘त्यसैले अगामी निर्वाचनमा सबै पालिकामा वडा तहदेखि पालिका स्तरसम्मका उम्मेदवार उठाउँछौँ । स्थानीय कमिटीहरुलाई ५ गते भित्र नाम सिफारिस गर्न निर्देशन दिइसकेका छौं ।’

    टीकापुर नगरपालिकासहित पूर्वी कैलालीका भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकालाई आफ्नो प्रभाव क्षेत्र मानेको नागरिक उन्मुक्ति पार्टीले यी ठाउँमा आफ्ना उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेको छ भने ढिलो गरेर संगठन विस्तार भएका स्थानीय तहमा समेत धेरै वडाहरुमा आफ्नो उम्मेदवार जित्ने विश्वास लिएको छ । तर उक्त पार्टीले चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ ।

    चौधरीका अनुसार अहिलेसम्म कुनै पनि स्थानीय तहमा उम्मेदवार छनोट भइसकेका छैनन् । आन्तरिक छलफल जारी भएकाले ५ गतेभित्र उम्मेदवारको नाम पालिकास्तरबाट सिफारिस हुने विश्वास नागरिक उन्मुक्ति पार्टीले गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend